logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली

    • nayapana nayapana
    • ७ फाल्गुन २०८१ बुधबार
    कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीमा रहेको स्वाइवाक टावरको अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिएका छन् ।

    पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्यसहित सार्वजनिक बिदाको अवसर पारेर प्रधानमन्त्रीको भ्रमणले पर्यटन व्यवसाय क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । त्यस अवसरमा उनले टावरको २२औँ तलामा रहेको स्काइ रेस्टुरेन्टमा खाजा खाएका थिए ।

    fba55d07-9b62-47e9-a2e5-c388954b972b-1739967844.jpeg
    कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काइवाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एक मात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ ।

    स्काइवाकबाट हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चढेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुईवटा लिफ्ट सुविधा रहेको टावरमा एकपटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

    टावरको २५औँ तला साहसिक तला हो । त्यहाँ पुगेपछि ओच्छाइएको सिसामा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।



    nayapana nayapana    
  • ७ फाल्गुन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP