logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    स्ववियुको नेतृत्व गर्ने असली हकदार अखिल(क्रान्तिकारी) हो: उपाध्यक्ष पुन

    • nayapana nayapana
    • २३ फाल्गुन २०८१ शुक्रबार
    स्ववियुको नेतृत्व गर्ने असली हकदार अखिल(क्रान्तिकारी) हो: उपाध्यक्ष पुन

    काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्ने  असली हकदार अखिल (क्रान्तिकारी) रहेको उपाध्यक्ष सन्दिप पुनले  दाबी गरेका छन ।
    आज अखिल (क्रान्तिकारी) रुकुम (पूर्व) द्वारा आयोजित स्ववियु विशेष कार्यशाला गोष्टीमा उपाध्यक्ष पुनले यस्तो दाबी गरेका हुन ।
    स्ववियु विशेष कार्यशाला गोष्टीमा बोल्दै उपाध्यक्ष  पुनले भने: स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्षे उमेरहद हाम्रो एजेन्डा हो । आज आएर हामी संगठनमा पनि ३२ बर्षे उमेरहद लागु गरेका छाैँ । तसर्थ: स्ववियुको नेतृत्व गर्ने एजेण्डागत र वैचारिकरुपमा हामी हाै असली हकदार ।
    विद्यार्थीको नेतृत्व वास्तविक विद्यार्थीले गर्नु पर्छ भन्ने हाम्रो संगठनको मुल स्प्रिट ध्यानमा राखेर अघि बढ्नु पर्छ र स्ववियु जुन खालको पुरानो प्रवृती छ, कुण्डले, मुल्डले प्रवृतीलाई तोड्नु हाम्रो मुल स्प्रिट हो ।
    अहिले अन्य संगठनहरुमा एजेन्डाको खडेरी परेको बेला हामीले हाम्रा स्थापित एजेण्डा र हाम्रो पार्टी अध्यक्ष कम्रेड प्रचण्डले सरकारको नेतृत्व गरेको समयमा गरेका सुशासनका ऐतिहासिक उपलव्धीलाई आम विद्यार्थीमाझ सञ्चार गरे मात्र हामीलाई पहिलो संगठन हुनबाट कसैले नरोक्ने उपाध्यक्ष पुनले जिकिर गरे ।



    nayapana nayapana    
  • २३ फाल्गुन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP