logo
  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026
  • Dark Mode

          Subscribe

    केपी ओलीले ल्याए खेलकुद गीत, ‘चान्स पायो कि नेपालीले गर्छ’ (भिडियो)

    • nayapana nayapana
    • १७ जेष्ठ २०८१ बिहीबार
    केपी ओलीले ल्याए खेलकुद गीत, ‘चान्स पायो कि नेपालीले गर्छ’ (भिडियो)

    काठमाडाैं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको शब्द रहेको गीत सार्वजनिक भएको छ ।

    क्रिकेट प्रेमीहरूको ध्यान विश्वकपमा केन्द्रित भइरहेको बेला ओलीले ‘चान्स पायो कि नेपालीले गर्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    ओलीको रचनामा सार्वजनिक भएको गीतमा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वरमा सुन्न सकिन्छ । उनलाई गितमा आर.सी रिमालले साथ दिएका छन् । त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ ।

    एक दशकपछि टी२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गित सार्वजनिक गरिएको हो ।

    गायक खनालले बिहीबार आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।



    nayapana nayapana    
  • १७ जेष्ठ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP