logo
  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026
  • Dark Mode

          Subscribe

    चिना हराएको मान्छेले हरिबहादुरको जुत्ता लेख्दै

    • nayapana nayapana
    • १९ भाद्र २०८१ बुधबार
    चिना हराएको मान्छेले हरिबहादुरको जुत्ता लेख्दै

    वरिष्ठ कलाकार हरिवंश आचार्य लेखक पनि हुन् । उनको पुस्तक ‘चिना हराएको मान्छे’ लाई धेरैले रुचाएको पाइन्छ । पुस्तकपछि अब हरिवंश चलचित्र लेखनमा पनि होमिएका छन् ।

    उनको लेखनमा चलचित्र ‘हरिबहादुरको जुत्ता’ बन्ने भएको छ । म्युजिक भिडियोमा लामो समयदेखि हरिवंशसँग सहकार्य गर्दै आएका गायक तथा निर्माता सरोज वलीले चलचित्रको निर्माण गर्न लागेका हुन् ।

    चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गराउँदै इजाजत समेत लिइएको जानकारी दिइएको छ । चलचित्र निर्माणका लागि आजसम्म राम्रो कथाको प्रतिक्षामा बसेको वलीले बताए ।

    ‘करिब २५ वर्षदेखि कला क्षेत्रमा छु तर फिल्म निर्माणको साइत जुरेको थिएन’, उनले भने, ‘हरिवंश दाईले हरिबहादुरको जुत्ताको कन्सेप्ट सुनाउनुभयो, सुन्नेबित्तिकै मनपर्यो ।’

    हरिवंशले चलचित्रको कथा युनिक हुने बताएका छन् । भने, ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो, आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

    चलचित्रको मुख्य भूमिकामा हरिवंश र प्रकाश सपुत देखिनेछन् । दिपेन्द्र के खनालले निर्देशन गर्ने बताइएको छ । चलचित्रमा बाँकी कलाकारहरुको खोजी जारी छ ।



    nayapana nayapana    
  • १९ भाद्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP