फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान Lionel Messi ले मैदान प्रवेश गरेको २० मिनेटमै शानदार गोल गरेका छन्।
६० औं मिनेटमा मैदान छिरेका मेस्सीले खेलको ८० औं मिनेटमा उत्कृष्ट फ्री–किकमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता थप बलियो बनाए। डी–बक्स बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि प्राप्त अवसरलाई उनले आकर्षक गोलमा परिणत गरेका हुन्। मेस्सीको शक्तिशाली तथा सटिक प्रहार सिधै जालीमा पुगेको थियो।
जारी विश्वकपमा यो मेस्सीको छैटौं गोल हो। यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए। यो गोलसँगै विश्वकपमा मेस्सीको कुल गोल संख्या रेकर्ड १९ पुगेको छ।
मेस्सीको गोलपछि अर्जेन्टिना खेलमा ३–१ को अग्रतामा पुगेको छ भने टोली नकआउट चरणतर्फ थप मजबुत देखिएको छ।
प्रतिक्रिया