काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ ।
२०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई सङ्गठनले आज सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार, विदेश विभाग प्रमुख र विश्व विद्यालय प्रदेशको कमाण्डको जिम्मेवारी उपाध्यक्ष सन्दिप पुनलाई दिइएको छ। विदेश विभागसंग सम्बन्धित कामकाज सम्पादन र विश्व विद्यालय कमाण्डको जिम्मेवारी दिने निर्णय भएको छ ।
बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरिएको बताइएको छ ।
बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ ।
सङ्गठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया