logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    फेवातालमा सुरु भयो ड्रागन बोट रेस फेस्टिभल (तस्वीर)

    • nayapana nayapana
    • १४ पुष २०८१ आईतवार
    फेवातालमा सुरु भयो ड्रागन बोट रेस फेस्टिभल (तस्वीर)

    काठमाडौं । पोखराको फेवातालमा ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ ।

    नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको फेस्टिभल सुरु गरिएको हो ।

    फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी भएका छन् । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा २० टोली सहभागी छन् ।

    प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए ।

    प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा) सहित नेपालका ११ टोलीको सहभागी छन् ।

    प्रतियोगितामा ५०० र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

    तस्वीरहरू 



    nayapana nayapana    
  • १४ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP