logo
  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026
  • Dark Mode

          Subscribe

    “राजनीतिक भ्रमणमा विश्वविद्यालयको कोष खर्च: परराष्ट्र मन्त्रीको टोली आलोचनाको घेरामा”

    • nayapana nayapana
    • ३१ श्रावण २०८२ शुक्रबार
    “राजनीतिक भ्रमणमा विश्वविद्यालयको कोष खर्च: परराष्ट्र मन्त्रीको टोली आलोचनाको घेरामा”

    नेपाल सरकारकी माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चार दिने जापान भ्रमण सकाएर जेठ १० गते टोलीसहित स्वदेश फर्किन ।  कूटनीतिक र राजनीतिक दृष्टिले उक्त भ्रमण सफल भएको दाबी भइरहेका बेला खर्च व्यवस्थापनसम्बन्धी विवादले भने यसलाई आलोचनाको घेरामा ल्याएको छ।

    भ्रमण टोलीमा काठमाडौं विश्वविद्यालय (केयू) बायोटेक विभागका प्राध्यापक तथा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष, कांग्रेस निकट प्रोफेसर भुपाल गोबिन्द श्रेष्ठ पनि सहभागी थिए। तर, उनको सम्पूर्ण भ्रमण खर्च केयूले व्यहोरेको तथ्य बाहिर आएपछि विवाद चर्किएको हो। विश्वविद्यालयको आन्तरिक नियमावलीअनुसार विश्वविद्यालयको कोष केवल आधिकारिक शैक्षिक वा अनुसन्धानसम्बन्धी विदेश भ्रमण तथा बैठकमा प्रयोग गर्न पाइन्छ। तर, श्रेष्ठको राजनीतिक प्रकृतिको यो भ्रमणमा हवाई टिकटदेखि सम्पूर्ण खर्चसम्म केयूको कोषबाट व्यवस्थापन गरिएको प्रमाण भेटिएको बताइएको छ।

    यसका साथै, भ्रमण अवधिभर श्रेष्ठलाई दैनिक २४ हजार रुपैयाँ (करिब १७५ अमेरिकी डलर) भत्ता पनि दिएको खुलेको छ। विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूले यसलाई विश्वविद्यालयको कोषको दुरुपयोग र नीतिगत भ्रष्टाचारको उदाहरण भन्दै सम्बन्धित निकायलाई छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेका छन्।

    श्रेष्ठको भ्रमण सिफारिस बायोटेक विभागका प्रमुख प्रा. डा. ध्रुव चन्द्र गौचन र स्कूल अफ साइन्सका डीन प्रा. डा. वेदमनी दाहालबाट गरिएको थियो। गौचन नेकपा (एमाले) निकट भएर एमालेको कोटामा विभागीय प्रमुख नियुक्त भएका हुन् भने दाहाल नेपाली कांग्रेसको कोटामा डीन बनेका हुन्।

    यस घटनाले राजनीतिक निकटता र पदको दुरुपयोगमार्फत शैक्षिक संस्थाको कोष प्रयोग गर्ने चलनमाथि गम्भीर प्रश्न उठाएको छ।



    nayapana nayapana    
  • ३१ श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP