logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    चाँगुनारायण ‘एभोकाडो सिटी’: डिपि ढकालको अभियान, राप्रपा नेताकाे प्रशंसा

    • nayapana nayapana
    • १० श्रावण २०८२ शुक्रबार
    चाँगुनारायण ‘एभोकाडो सिटी’: डिपि ढकालको अभियान, राप्रपा नेताकाे प्रशंसा

    चाँगुनारायण । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डीपी ढकालको नेतृत्वमा सुरु गरिएको “चाँगुनारायण सिटी: एभोकाडो सिटी” अभियान परिणाममुखी हुंदै गएकाे छ। वि.सं. २०८० असारमा सुरु भएको अभियानले चाँगुनारायण नगरपालिकाको हरित तथा आर्थिक विकासमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ।

    ढकालको नेतृत्वमा १७ हजार एभोकाडोका विरुवा रोप्दै सुरु गरिएको अभियान अन्तर्गत हालसम्म १८,३०० विरुवा रोपिएको छ। पहिलो वर्ष रोपिएका विरुवाले यसै वर्षदेखि फल दिनथालेपछि नगरवासीमा उत्साह थपिएको छ। १७ हजार घरधुरी रहेको चाँगुनारायण नगरपालिकामा “एक घर दुई विरुवा” भन्ने नाराका साथ सुरु गरिएको अभियान अहिले स्थानीय स्तरमा आम जनसमुदायको आकर्षण बन्दै गएको छ।

    नेता ढकालले एभोकाडोलाई अभियानको मूल फोकस बनाउनुको कारण स्पष्ट गर्दै भने, “एभोकाडो अत्यन्तै स्वास्थ्यवर्द्धक फल हो, यसको विरुवा वर्षभरी हरियो हुने भएकाले वातावरणमैत्री पनि छ साथै,बजारमा यसको उच्च माग भएकोले स्थानीयको आर्थिक सशक्तीकरणमा ठूलो योगदान दिन्छ।”

    एभोकाडो सिटी अभियानको यो वर्ष अन्तिम अर्थात् समापन वर्ष रहेको जानकारी दिँदै ढकालले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरिने जानकारी दिएका छन्।

    यस अभियानको प्रभावले स्थानीय जनप्रतिनिधिहरू पनि उत्साहित देखिएका छन्। चाँगुनारायण नगरपालिका वडा नं. ६ मा राप्रपाबाट निर्वाचित वडाध्यक्ष धनबहादुर लामाले सामाजिक सञ्जालमार्फत अभियानको प्रशंसा गर्दै भनेका छन्,

    “ चाँगुनारायण एभोकाडो सिटी अभियानको सम्झना ! बारीमा एभोकाडो फलेको देखेपछि अभियानमा जुट्ने डिपि ढकाल दाइ लगायत अरु थुप्रै साथीहरू सम्झिँदो रहेछ । जय होस! आय–आर्जनको लागि नगरकोटमा एभोकाडो र बुद्धचित्त मालाको खेती गर्न नगरकोटको माटोमा प्रचुर सम्भावना देखिएको हुँदा सबैमा जानकारी गराउँदै छु।”

    नगरवासीहरूको सहभागिता, वातावरणप्रति सचेतता र आर्थिक उन्नतिलाई जोड दिँदै सुरु गरिएको यो अभियान चाँगुनारायण क्षेत्रलाई हरित, स्वास्थ्यवर्द्धक र आर्थिकरूपमा समृद्ध बनाउने दिशामा एक प्रेरणादायी उदाहरण बनेको छ।



    nayapana nayapana    
  • १० श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP