logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

    • nayapana nayapana
    • १२ जेष्ठ २०८२ आईतवार
    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । केन्द्रीय सचिवालयको आइतवारको बैठकमा महासचिव शंकर पोखरेलले सो प्रस्ताव राखेका हुन् ।

    औपचारिक निर्णय नभए पनि नेतृत्वको मनसाय बमोजिम पार्टीको सर्कुलरमा उमेर हदको विषय निर्णयका रुपमा आउने एक पदाधिकारीले बताए ।

    स्वतन्त्र विद्यार्थी युनियनको उमेर हद २८ वर्ष भएकाले विद्यार्थी नेताको उमेर हद ३२ लगाउनुपर्ने तर्कसहितको प्रस्ताव बैठकमा आएको छ । युवा संघमा ४० वर्ष उमेर हद भएकाले विद्यार्थीमा उमेरको छुट दिन नमिल्ने नेतृत्वको भनाइ छ ।

    यो निर्णय भयो भने अर्को साताबाट शुरु हुने अनेरास्वविुयुको महाधिवेशनबाट वर्तमान उपाध्यक्षहरु मर्यादा विष्ट, गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, महासचिव नरेश रोकाय, सवि सन्जिव धिताल, कोषाध्यक्ष संगम अर्याललगायत ठूलो पंक्ति संगठनबाट बिदा हुनेछ ।

    त्यसपछि अहिलेका पदाधिकारीमध्ये सचिवहरु डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपक धामी, अन्जना शिवाकोटी र आरती भट्टराईमात्र योग्य हुनेछ ।



    nayapana nayapana    
  • १२ जेष्ठ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP