logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    सिस्ने हिमालकाे काखमा छायांकन गरिएको म्युजिक भिडियो ‘तिमीलाई भुल्न सक्दिन म’ सार्वजनिक (भिडियाेसहित)

    • nayapana nayapana
    • २६ मंसिर २०८१ बुधबार
    सिस्ने हिमालकाे काखमा छायांकन गरिएको म्युजिक भिडियो ‘तिमीलाई भुल्न सक्दिन म’ सार्वजनिक  (भिडियाेसहित)

    काठमाडौं । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित रुकुम पूर्वको प्रसिद्ध पर्यटकीय स्थल सिस्ने हिमालकाे काख गुप्त दहमा पहिलोपटक म्युजिक भिडियो छायांकन गरिएको छ ।

    केसी इन्टरटेनमेन्टले ‘तिमीलाई भुल्न सक्दिन म’ बोलको मर्मस्पर्शी गीत युट्युवमा सार्वजनिक गरेको छ ।

    नवसर्जक भागिराम नकालकाे शब्द र लय रहेको गीतमा निर्मल केसी र टीका पुनको स्वर समावेश छ । चन्द्रदेव खड्का र करिश्मा बुढा कलाकारको रुपमा छन् । भिडियो छायाँकन तथा सम्पादन भिम तामाङले गरेका हुन भने,निर्देशन विकाश खड्काले गरेका हुन् ।

    भिडियोमा संगीतसँगै गुप्त दह,सिस्ने,दमार गाँउकाे जीवनशैली, संघर्ष र उनीहरुको संवेदनालाई चित्रण गरिएको छ । सिस्ने हिमालले आफ्नो प्रतिविम्ब गुप्त दहमा हेरिरहेको मनमोहक दृश्य, हिमाली जनजिवन, सिस्ने क्षेत्रको आकर्षक बस्ती र छायांकनले भिडियोलाई आकर्षक बनाएको छ ।

    ‘लुम्बिनी प्रदेशकाे एकमात्र हिमाली जिल्ला रूकुम पूर्वकाे प्रवर्द्धन गर्ने मुख्य उद्देश्य हो’ संगीतसँगै भिडियोमा सिस्नेकाे मौलिक कथालाई पनि प्रस्तुत गरिएको छ ।

    भिडियाे:



    nayapana nayapana    
  • २६ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP