एक्मी इन्जिनियरिङ कलेजको हालैको स्थानान्तरणपछि उत्पन्न शैक्षिक र भौतिक अव्यवस्थाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), मूल इकाई कमिटी, एक्मी इन्जिनियरिङ कलेजले गम्भीर आपत्ति जनाउँदै तुरुन्त समाधानका लागि सम्बन्धित पक्षहरूलाई गम्भीर ध्यानाकर्षण गराएको छ।
पहिले सितापाइलामा अवस्थित एक्मी इन्जिनियरिङ कलेज हाल बसुन्धरास्थित हेराल्ड इन्टरनेशनल कलेज अन्तर्गत सञ्चालनमा आएको छ। सो स्थानान्तरणले कलेजको शैक्षिक स्वतन्त्रता, पूर्वाधार, खेलकुदको पहुँच र संस्थागत गरिमामा प्रत्यक्ष असर पारेको भन्दै संगठनले कडा आपत्ति जनाएको हो।
स्थानान्तरणपछि उत्पन्न चुनौतीहरू
सोमबार जारी गरिएको विज्ञप्तिमा अनेरास्ववियू (क्रान्तिकारी) ले इन्जिनियरिङ शिक्षा विशेष प्रविधिमैत्री संरचना, अनुशासित वातावरण र संस्थागत स्वायत्ततामा आधारित हुनुपर्ने उल्लेख गर्दै हालको व्यवस्थापनले शिक्षाको गुणस्तर, शैक्षिक पहिचान र अनुशासनमा गम्भीर अवरोध खडा गरेको बताएको छ।
विशेषगरी, हेराल्ड इन्टरनेशनल कलेज अन्तर्गत विद्यालय र प्लस टु तहसँग एउटै संरचनामा इन्जिनियरिङ तहका कक्षा सञ्चालन हुँदा आवश्यक शैक्षिक वातावरण कमजोर बन्न पुगेको संगठनको निष्कर्ष छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो समायोजनले इन्जिनियरिङ शिक्षाको गरिमा र विशेषता नै खलबल्याएको छ।”
प्रमुख पाँच बुँदे माग
संगठनले विद्यार्थीहरूको शैक्षिक अधिकार, सुव्यवस्थित पूर्वाधार र संस्थागत आत्मसम्मानका पक्षमा पाँच बुँदे माग सार्वजनिक गर्दै तत्काल कार्यान्वयनको माग गरेको छः
अनेरास्ववियू (क्रान्तिकारी) ले विज्ञप्तिमा संवाद, संयम र समन्वयमा विश्वास रहेको जनाउँदै भनेको छ, “विद्यार्थीको अधिकार, शिक्षाको गुणस्तर र संस्थागत स्वायत्ततामा आँच आउन दिन सकिँदैन।”
तर मागहरूलाई वेवास्ता गरिएमा लोकतान्त्रिक मूल्य र विधि अनुसार चरणबद्ध संघर्षका कार्यक्रम अघि सारिने कडा चेतावनीसमेत दिइएको छ।संगठनले शिक्षा प्रणालीलाई राष्ट्र निर्माणको मेरुदण्डको रूपमा व्याख्या गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ, “शिक्षा केवल पठनपाठनको प्रक्रिया होइन, यो राष्ट्रिय भविष्य निर्माणको आधार हो। आज गरिने निर्णयहरूले भोलिको समृद्धिको दिशा तय गर्छ।”
विज्ञप्तिको अन्त्यमा संगठनले कलेज प्रशासन, विश्वविद्यालय निकाय, नीति निर्माताहरू र सम्पूर्ण शिक्षाप्रेमी समुदायलाई समस्या समाधानमा तत्काल पहल गर्न आह्वान गरेको छ। विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संवेदनशील विषयमा समयमै ठोस निर्णय नगरेमा परिस्थिति अझ जटिल बन्ने चेतावनी पनि दिइएको छ।


प्रतिक्रिया