काठमाडौँ। अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष सन्दिप पुनले काठमाडाैँ विश्वविद्यालयमा अनशनरत विद्यार्थीका मागहरु यथाशीघ्र सम्बोधन नभए आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।
काठमाडौँ विश्वविद्यालयमा रिले अनशनमा ऐक्यबद्धता जनाउन पुगेका उपाध्यक्ष पुनले उक्त चेतावनी दिएका हुन ।
उपाध्यक्ष पुनले भने: विद्यार्थी हकहितका पक्षमा अघी सारेका मागहरुप्रति विश्वविद्यालयले अनदेखा गर्ने, विद्यार्थीका आवाजहरुलाई नजरअन्दाज गर्न खोजेमा त्यसको मुल्य महंगो पर्नेछ।
तसर्थ विश्वविद्यालयलाई भन्न चाहान्छु यथाशीघ्र मागहरु सम्बोधन गरोस् ।
विभिन्न मागहरू अघि सारेर आन्दोलन गर्दै आएको क्रान्तिकारीले बुधवारबाट अनिश्चितकालिन रिले अनशन थालेको हो ।
विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणाली मार्फत गरिनुपर्ने, छात्रवृत्तिबाट वञ्चित गरिएका फार्मेसी विभागका २ ब्याचलाई छात्रवृत्ति प्रदान गरिनुपर्ने, विद्यार्थी कल्याण परिषद्को अधिकार माथीको हस्तक्षेप बन्द गरिनुपर्ने र विश्वविद्यालयको नियम विपरीत गरिएका नियुक्ति खारेज गरिनुपर्ने माग राखेर क्रान्तिकारीले आन्दोलन गर्दै आएको छ।
अखिल (क्रान्तिकारी) काठमाडौँ विश्वविद्यालय राष्ट्रिय समितिका संयोजक सन्तोष बुढाथोकीले विश्वविद्यालयले माग पुरा नगर्दासम्म आन्दोलन जारी रहने बताए।
प्रतिक्रिया