logo
  • ११ कार्तिक २०८३, मंगलवार | Tue, 27 Oct 2026
  • Dark Mode

          Subscribe

    पर्यटकको रोजाइमा खुम्जुङ उपत्यका

    • nayapana nayapana
    • १७ बैशाख २०८२ बुधबार
    पर्यटकको रोजाइमा खुम्जुङ उपत्यका

    सोलु । सोलुखुम्बुको खुम्जुङ उपत्यका पर्यटकीय क्षेत्र हो । हरित उपत्यकाका नामले चिनिने खुम्जुङ नाम्चेभन्दा केही माथि पर्छ ।

    बसन्तकालिन सिजनमा सगरमाथा आरोहण र आधार शिविरसम्म पुग्ने पर्यटकहरु खुम्जुङमा रमाइलो गर्ने गर्छन् ।

    समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको खुम्जुङ उपत्यका अन्तर्राष्ट्रियस्तरमा परिचित हुन थालेको छ ।यहाँका सबै घरहरुमा हरियो रंगको जस्तापाताले छाइएको छ ।खुम्बुपासाङल्हामु गाउँपालिकामा पर्ने यो उपत्यका पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

    खुम्जुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट पैदल चारदेखि पाँच दिन लाग्छ भने हवाई यात्रा मार्फत लुक्लाबाट तीन दिन लाग्छ । रहस्यमय जीवयतीको टाउकोको छाला यही उपत्यकाको खुन्देस्थित गुम्बामा रहेकाले पर्यटकहरु झुम्मिने गरेका छन् । शेर्पाहरुको पुरानो गाउँको रुपमा चिनिने हिमालको फेदीमा रहेको यो गाउँबाट आमाडबलम हिमालको सुन्दर दृश्य देख्न सकिन्छ।



    nayapana nayapana    
  • १७ बैशाख २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP