काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनका लागि बोर्डले अपराह्न ५ बजे बैठक आह्वान गरेको छ।
बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशन प्रक्रिया केही ढिलो भए पनि अन्तिम तयारीमा तीव्रता दिइएको छ। “नतिजा प्रकाशनमा केही ढिला भएको थियो। हामी अन्तिम तयारीमै व्यस्त थियौँ। आज ५ बजे परीक्षा बोर्डको बैठक बस्ने कार्यक्रम तय भएको छ,” ती सदस्यले जानकारी दिए।
यस वर्षको कक्षा १२ को परीक्षा गत वैशाख ११ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षामा देशभरिबाट ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना सहभागी भएका हुन्।
बोर्डले आजको बैठकले आवश्यक निर्णय गरेलगत्तै नतिजा सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया