काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) काे २७ औं जिल्ला सम्मेलनले चन्द्र रसाइली अध्यक्षमा चयन गरेको छ ।
शुक्रबार देखि रुकुमकोटमा सुरु भएको २७ औं जिल्ला सम्मेलनबाट रसाइलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा बिमल विक, प्रदिप कामी र पुजा खड्का चयन हुनुभएको छ । त्यस्तै सचिवमा अम्मर खत्री, सहसचिवमा आस्था विक र कोषाध्यक्षमा रुपक विक चयन हुनुभएको हाे । तीन सदस्य पछि थप गर्ने गरि ३३ सदस्य जिल्ला समिति चयन गरिएको अखिल क्रान्तिकारी रुकुमपूर्वका सचिव अम्मर खत्रीले बताए ।
उक्त २७ औं जिल्ला सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले गरेका थिए । शुक्रबार देखि सुरु भएको सम्मेलन संगठनको प्रतिवेदन पास र नयाँ जिल्ला समिति चयन गर्दै सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्ति जनतान्त्रिक विद्यार्थीहरु एक हौं । शैक्षिक व्यथिति र विसंगति विरुद्ध हाम्रो आन्दोलन, संविधानकाे रक्षा र समाजवादी शिक्षाकाे लागि २७ औं जिल्ला सम्मेलन भन्ने मुल नारा सहित सम्मेलन आज शनिबार सम्पन्न भएको छ ।
प्रतिक्रिया