logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रक्तरञ्जित कलम र तारा अंकित झण्डाको कद उचो गर्नु क्रान्तिकारीहरुको ऐतिहासिक दायित्व: उपाध्यक्ष पुन

    • nayapana nayapana
    • ७ भाद्र २०८२ शनिबार
    रक्तरञ्जित कलम र तारा अंकित झण्डाको कद उचो गर्नु क्रान्तिकारीहरुको ऐतिहासिक दायित्व: उपाध्यक्ष  पुन

    अखिल (क्रान्तिकारी) मरिण प्राकृतिक प्रकोप व्यवस्थापन कलेजको पाँचौँ इकाई सम्मेलन सम्पन्न भएको छ।

    सम्मेलनलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष तथा विश्वविद्यालय कमाण्ड इञ्चार्ज सन्दिप पुनले रक्तरञ्जित कलम र तारा अंकित झण्डाको कद उचो गर्नु क्रान्तिकारीहरुको ऐतिहासिक दायित्व भएको बताएका छन्।

    “क्रान्तिकारीहरुको उर्वर भूमि सिन्धुली मेरो दोस्रो घर हो,” उपाध्यक्ष पुनले भन्दै, क्याम्पसमा क्रान्तिकारीहरूले पृथक व्यवहार प्रस्तुत गर्दै पढाइमा अव्वल र अनुशासित हुनुपर्नेमा जोड दिए।

    उनले नेपाल कृषिप्रधान देश भएकाले मरिण प्राकृतिक प्रकोप व्यवस्थापन कलेजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र त्यसमा क्रान्तिकारी विद्यार्थीहरूको योगदान अपरिहार्य रहने धारणा राखे।

    पुनले संस्थापक अध्यक्ष तथा शहिद पुत्र प्रकाश पाण्डेको अग्रगामी भूमिकाको उच्च प्रशंसा गर्दै उनको योगदानप्रति सम्मान प्रकट गरे।सम्मेलनले मिलन कुमार भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको अखिल (क्रान्तिकारी) मरिण कलेज इकाईले जानकारी दिएको छ।



    nayapana nayapana    
  • ७ भाद्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP