logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    विद्या भण्डारीको सन्देशसहित एमाले विधान महाधिवेशनस्थलमा हजारौँ चिट्ठी बाँडिँदै

    • nayapana nayapana
    • २० भाद्र २०८२ शुक्रबार
    विद्या भण्डारीको सन्देशसहित एमाले विधान महाधिवेशनस्थलमा हजारौँ चिट्ठी बाँडिँदै

    नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीमा औपचारिक रूपमा सुरु भएको छ। उद्घाटनसत्रमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरूलाई पार्टीमा अनावश्यक रूपमा संवेदनशील बनाइएको आरोप लगाउँदै, विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषय छलफल नहुने स्पष्ट अडान दोहोर्‍याए।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, “हामी विधानसँग सम्बन्धित विषयमा मात्र छलफल गर्नेछौँ। अन्य संवेदनशील मुद्दा पार्टीमा अनावश्यक विवाद सिर्जना गर्ने माध्यम बन्ने अवस्था रोक्ने हाम्रो दायित्व हो।”

    यसैबीच, महाधिवेशनस्थलमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सन्देश सहित ८ देखि १० हजार चिट्ठी वितरण गर्ने योजना गरिएको छ। चिट्ठी वितरण गर्ने स्वयंसेवकहरूले महाधिवेशनका सहभागी तथा समर्थकहरूलाई ती सन्देश उपलब्ध गराइरहेका छन्।

    एमालेका स्रोतका अनुसार, महाधिवेशनमा पार्टीको नयाँ विधानमाथि गहन छलफल हुने र संगठनको भविष्य निर्माणका लागि आवश्यक निर्णयहरू लिने अपेक्षा गरिएको छ।

    Bidhya-bhandariko-letter_NPL-(9)-1757058729.jpg

    Bidhya-bhandariko-letter_NPL-(6)-1757058728.jpg

    Bidhya-bhandariko-letter_NPL-(7)-1757058728.jpg

    Bidhya-bhandariko-letter_NPL-(8)-1757058728.jpg

    Bidhya-bhandariko-letter_NPL-(3)-1757058727.jpg

    Bidhya-bhandariko-letter_NPL-(4)-1757058727.jpg

    Bidhya-bhandariko-letter_NPL-(5)-1757058727.jpg

    Bidhya-bhandariko-letter_NPL-(1)-1757058726.jpg

    Bidhya-bhandariko-letter_NPL-(2)-1757058726.jpg

    Bidhya-bhandariko-letter_NPL-(9)-1757058729.jpg

    Bidhya-bhandariko-letter_NPL-(6)-1757058728.jpg

    Bidhya-bhandariko-letter_NPL-(7)-1757058728.jpg

    Bidhya-bhandariko-letter_NPL-(8)-1757058728.jpg



    nayapana nayapana    
  • २० भाद्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP