नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितामा प्रमुख अतिथि बनेर सहभागी भए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भक्त राणा मगरलाई क्रान्तिकारी, इमानदार र निष्ठावान योद्धाको रूपमा स्मरण गरे। उनले भने, “भक्त राणा मगर युद्धकै क्रममा घाइते हुनुभयो र उपचारकै क्रममा वीर अस्पतालमा उहाँको निधन भयो। उहाँको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहनेछ।”
प्रचण्डले जनयुद्धका समयमा चेस खेलको विशेष महत्व रहेको पनि उल्लेख गरे। उनका अनुसार, “१० वर्षे जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो। यो खेलले बौद्धिक विकास मात्र होइन, मानसिक उपचारमा पनि ठूलो योगदान दिएको थियो। रणमैदानमा दुश्मनसँग चलाइने चाल जस्तै, चेसमा पनि रणनीतिक चाल आवश्यक पर्थ्यो।”
प्रतिक्रिया