logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    अन्नपूर्ण भ्यू रिसोर्टको अपरेसन म्यानेजरमा मनमोहन रिमाल नियुक्त

    • nayapana nayapana
    • ११ चैत्र २०८२ बुधबार
    अन्नपूर्ण भ्यू रिसोर्टको अपरेसन म्यानेजरमा मनमोहन रिमाल नियुक्त

    पोखराको सराङकोटस्थित अन्नपूर्ण भ्यू रिसोर्टको अपरेसन म्यानेजरमा मनमोहन रिमाल नियुक्त भएका छन्। होटल व्यवस्थापनका अनुसार उनले चैत ११ गतेदेखि लागू हुनेगरी उक्त जिम्मेवारी सम्हालेका हुन्।

    हस्पिटालिटी क्षेत्रमा करिब डेढ दशकको अनुभव हासिल गरेका रिमालले यसअघि विभिन्न प्रतिष्ठित होटल तथा रिसोर्टमा काम गरिसकेका छन्। उनले होटल याक एण्ड यति (दरबारमार्ग), होटल सांग्रिला (लाजिम्पाट), होटल मम्स होम, होटल वैशाली (ठमेल) लगायतमा कार्य अनुभव बटुलेका छन्।

    यसअघि रिमाल पोखराको लेकसाइडमा आईएमई ग्रुप अन्तर्गत आईएमई हस्पिटालिटी प्रा.लि.ले सञ्चालन गर्दै आएको ‘द लेकसाइड रिट्रिट रिसोर्ट’मा अपरेसन म्यानेजरका रूपमा कार्यरत थिए। त्यहाँ उनले छोटो समयमै एक्टिङ अपरेसन म्यानेजरबाट होटल म्यानेजरसम्मको जिम्मेवारी सम्हालेका थिए। साथै, पोखराकै क्निस पार्क थ्री-स्टार होटलमा उनले फ्रन्ट अफिस म्यानेजरको रूपमा पनि काम गरिसकेका छन्।

    ३२ वर्षकै उमेरमा रिसोर्ट अपरेसन म्यानेजरसम्मको यात्रा तय गरेका रिमालले स्वदेशमै हस्पिटालिटी क्षेत्रमा केही योगदान गर्ने लक्ष्य राखेको बताएका छन्। “नेपालमै केही गर्ने सोचका साथ अघि बढेको हुँ। नयाँ जिम्मेवारी पाउँदा अत्यन्त खुसी छु,” उनले भने। आगामी दिनमा सेवा अझै व्यवस्थित र डिजिटल ढंगले अगाडि बढाउने उनको योजना छ।

    समुद्री सतहबाट करिब १ हजार ६ सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण भ्यू रिसोर्टबाट अन्नपूर्ण हिमशृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३० मिनेटको दूरीमा रहेको रिसोर्टले आवास, रेष्टुरेन्ट तथा बार, मिटिङ तथा कन्फ्रेन्स, बगैंचा, पार्किङ र शटल सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ।

    कास्कीको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटबाट हिमाल, पोखरा उपत्यका र फेवाताल क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ। यही पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै अन्नपूर्ण भ्यू रिसोर्टलाई लक्जरी होलिडे डेस्टिनेसनका रूपमा विकास गरिएको हो।



    nayapana nayapana    
  • ११ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP