logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’

    • nayapana nayapana
    • ८ आश्विन २०८१ मंगलवार
    ‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जोडेर आफूलाई फसाउने गरी सरकारले योजना बनाइरहेको बताएका छन्।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय च:मतीबाट फेसबुक लाइभमा देखिएका उनले आफू झोला भिरेरै गिरफ्तारी दिन तम्तयार रहेको पनि बताए ।

    गोर्खा मिडियाका तत्कालीन सञ्चालक एमव् पूर्वडीआईजी छविलाल जोशीको बयानबाट आफूलाई पक्राउ गर्न सकिन्छ भन्ने प्रयासमा सरकार लागिरहेको उनले बताए ।

    ‘छविलाल जोशीको बयानबाट पनि मलाई पक्राउ गर्न सकिने बाटो सरकारले खोजिरहेको छ’, उनले भने, ‘म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु ।’

    उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापातिर लक्षित गर्दै सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि नभएकाले अब राजनीतिक कसले छाड्ने भन्ने द्विविधा आएको पनि बताए ।

    ‘सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभए राजनीति नै छाड्छु भन्नेहरू पनि थिए’, उनले भने, ‘अरुले राजनीति नछाडे पनि आफू सहकारी ठग पुष्टि भएको भए राजनीति छोडिदिन तयार भएर बसेको छु ।’

    यसअघि महामन्त्री थापाले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि नभएमा राजनीति छाड्न तयार रहेको बताएका थिए ।



    nayapana nayapana    
  • ८ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP