logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    चिनियाँ नयाँ वर्ष : काठमाडौंदेखि पोखरासम्म

    • nayapana nayapana
    • ५ माघ २०८१ शनिबार
    चिनियाँ नयाँ वर्ष : काठमाडौंदेखि पोखरासम्म

    चिनियाँ नयाँ वर्ष नेपालमा एक महिनासम्म धुमधामका साथ मनाउन लागिएको छ । आजेदेखि आगामी फागुन ८ गतेसम्म मनाइने नयाँ वर्ष सांस्कृतिक महोत्सवको एक महिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

    आज भक्तपुरको दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव शुभारम्भ गरिँदैछ । काठमाडौंस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड,राष्ट्रिय खेलकुद परिषद,काठमाडौं महानगरपालिका, भक्तपुुर नगरपालिका,नेपाल ओभरसिज चाइनिज एसोसिएसनलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको महोत्सवका केही कार्यक्रम पोखरामा समेत राखिएको छ ।

    भोलि ठमेलमा चिनियाँ नया वर्ष परेड, माघ ९ देखि फागुन ८ गतेसम्म ठमेलमा बत्ति बाल्ने कार्यक्रम छ । त्यसैगरी माघ १० गते होटल याक एण्ड यतिमा विशेष कार्यक्रम आयोजना गरिँदै छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको शुभारम्भ गरिँदै छ । नयाँ वर्षको स्वागत र चिनियाँ नयाँ वर्षको अवसरमा नाटकीय प्रस्तुती पनि हुनेछ ।

    त्यस्तै माघ १३ गतेदेखि फागुन १२ सम्म रत्नपार्कमा लाल्टिन महोत्सव राखिएको छ । माघ २४ र फागुन २ गते नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिँदै छ । माघ २४ गते आर्मी अफिसर्स क्लबमा ‘पारिवारिक चीन, संसारभर एउटै बसन्त’ र फागुन २ गते पनि सोही स्थानमा ‘चीनको आत्मा, सिचुआनको शैली’ विशेष प्रस्तुती राखिएको छ ।

    फागुन ३ गते दशरथ रंगशालामा नेपाल–चीन मैत्री फुटबल, फागुन ६ गते होटल याक एण्ड यतिमा तिब्बती नयाँ वर्षको स्वागत समारोह र फागुन ८ गते पोखराको नगरसभा हलमा चीन–नेपाल अन्तर्राष्ट्रिय महोत्सव गरिँदै छ



    nayapana nayapana    
  • ५ माघ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP