logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एसियन गेम्स क्रिकेट छनोट खेल्न नेपाली टोली सिंगापुर प्रस्थान

    • nayapana nayapana
    • १४ जेष्ठ २०८३ बिहीबार
    एसियन गेम्स क्रिकेट छनोट खेल्न नेपाली टोली सिंगापुर प्रस्थान

    एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गरेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच टोलीलाई औपचारिक बिदाई गरेको हो । प्रतियोगिता आगामी मे ३१ देखि सिंगापुरमा सुरु हुँदैछ ।

    प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र चीन रहेका छन् भने समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर रहेका छन् । यसअघि समूह ‘ए’ मा रहेको कतारले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।

    बिदाई कार्यक्रममा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको माहोल निकै सकारात्मक रहेको बताउँदै सिंगापुरमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

    त्यस्तै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि टोली प्रतियोगिताका लागि उत्साहित र तयार रहेको भन्दै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे ।

    प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीले एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा आयोजना हुनेछ ।

    भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान तथा आयोजक जापान भने सिधै एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।



    nayapana nayapana    
  • १४ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP