logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अन्तर्राष्ट्रिय एमएमए मञ्चमा नेपाली फाइटर रवीन्द्र ढाँट

    • nayapana nayapana
    • १४ जेष्ठ २०८३ बिहीबार
    अन्तर्राष्ट्रिय एमएमए मञ्चमा नेपाली फाइटर रवीन्द्र ढाँट

    नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी ५’ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

    ढाँटले ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगिता चीनको मकाउमा सुरु भएको छ ।

    रोड टु युएफसी एशियाली खेलाडीहरूलाई विश्वप्रसिद्ध यूएफसीमा प्रवेश गराउने महत्वपूर्ण प्लेटफर्मका रूपमा लिइन्छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यूएफसीसँग सम्झौता गर्ने अवसर पाउनेछन् ।

    नेपाली एमएमए खेल क्षेत्रमा सक्रिय ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै महत्वपूर्ण प्रतिस्पर्धा गर्न लागेका हुन् । उनको प्रदर्शनलाई नेपाली खेलप्रेमीहरूले चासोका साथ हेरिरहेका छन् ।



    nayapana nayapana    
  • १४ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP