logo
  • १४ श्रावण २०८३, बिहीबार | Thu, 30 Jul 2026
  • Dark Mode

          Subscribe

    मोहन मैनालीलाई मदन, यादवलाई जगदम्बाश्री पुरस्कार

    • nayapana nayapana
    • १७ आश्विन २०८१ बिहीबार
    मोहन मैनालीलाई मदन, यादवलाई जगदम्बाश्री पुरस्कार

    काठमाडौं । मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई २०८० सालको मदन पुरस्कार प्रदान गरिएको छ ।

    मदन पुरस्कार गुठीले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गरेको हो ।

    त्यस्तै, प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि चार/चार लाख रुपैयाँ छ ।

    ‘मुकाम रणमैदान’लाई परिश्रमपूर्वक खोजबिन, ऐतिहासिक सन्दर्भ र सामग्रीलाई सरल, सरस एवं प्रभावमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्‍याएबापत ‘मदन पुरस्कार’ प्रदान गरिएको गुठीले जनाएको छ ।

    त्यस्तै, ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान’ गरे बापत प्रा.डा. यादवलाई जगदम्बा–श्री अर्पण गरिएको जनाइएको छ ।



    nayapana nayapana    
  • १७ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP