logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रचण्डलाई भेडाको ऊनको कोट उपहार

    • nayapana nayapana
    • १२ बैशाख २०८२ शुक्रबार
    प्रचण्डलाई भेडाको ऊनको कोट उपहार

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाकी एक महिलाले कोट उपहार दिएकी छन् ।

    गोरखा–बारपाककी ‘रोसनी आमा’ले अध्यक्ष प्रचण्डलाई आफ्नै हातले बुनेको भेडाको ऊनको हाफ कोट उपहार दिएकी हुन् ।

    अध्यक्ष प्रचण्ड बारपाक आउने थाहा पाएपछि उनका लागि मिल्नेगरी त्यो कोट बुनेको उनले बताइन् । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बिहीबार गोरखा पुगेका थिए । बिहीबार दिउँसो अध्यक्ष प्रचण्डले शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका थिए ।
    आज बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।



    nayapana nayapana    
  • १२ बैशाख २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP