logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    अब गठबन्धन नगरी चुनाव लड्छौँ, उपनिर्वाचनबाट सुरुआत गर्छौँ : प्रचण्ड

    • nayapana nayapana
    • १९ आश्विन २०८१ शनिबार
    अब गठबन्धन नगरी चुनाव लड्छौँ, उपनिर्वाचनबाट सुरुआत गर्छौँ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो उपनिर्वाचन र ०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उमेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् ।

    माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अरू दलसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गरे । अब गठबन्धन नगरी चुनाव लड्ने उनले सुनाए ।

    देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुआत आउँदो मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए ।

    प्राकृतिक प्रकोपका कारण सिर्जित संकट समाधानका निम्ति आफ्नो पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको उनको भनाइ थियो ।

    जनताको सेवा गर्न सरकारमा रहने वा नरहने विषयले अर्थ नराख्ने पनि उनले उल्लेख गरे । उनले अहिले सरकार कहाँ छ भनेर जनताले नभेट्टाइरहेका बेला बाढीपहिरोका कारण सिर्जित संकट समाधानका निम्ति आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको जिकिर गरे ।

    वर्तमान सरकारले देश र जनताका पक्षमा नभई भ्रष्टाचारीको हितमा काम गर्ने उनले आरोप लगाए । उनले सरकारका गलत कामको विरोध र प्रतिवाद सडक र सदनबाट गर्ने स्पष्ट पारे ।

    अध्यक्ष प्रचण्डले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र जनताका बीचमा पनि त्यो यथार्थ जानकारी गराउने बताए ।

    पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै उनले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको टिप्पणी गरे ।



    nayapana nayapana    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP