logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सिस्ने शिक्षा क्याम्पसमा उत्साह: नवआगन्तुक विद्यार्थीलाई स्ववियुको भव्य स्वागत

    सिस्ने शिक्षा क्याम्पसमा उत्साह: नवआगन्तुक विद्यार्थीलाई स्ववियुको भव्य स्वागत

    रुकुम पूर्वस्थित सिस्ने शिक्षा क्याम्पस मा नयाँ शैक्षिक सत्रसँगै उत्साह थपिएको छ। स्नातक प्रथम वर्षमा भर्ना भएका करिब २०० विद्यार्थीलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले शुक्रबार एक विशेष कार्यक्रममार्फत भव्य स्वागत गरेको हो।

    स्ववियु अध्यक्ष अम्मर खत्री ले नवप्रवेशी विद्यार्थीहरूलाई क्याम्पस जीवनप्रति सकारात्मक ऊर्जा दिन स्वागत कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार यस वर्ष भर्ना भएका अधिकांश विद्यार्थी नियमित रूपमा कक्षामा सहभागी भइरहेका छन्, जसले शैक्षिक वातावरण थप सशक्त बनेको संकेत गर्दछ।

    “विद्यार्थीहरूको हित र क्षमता विकासका लागि स्ववियु निरन्तर सक्रिय छ,” अध्यक्ष खत्रीले भने, “अब रचनात्मक र परिणाममुखी कार्यक्रमहरूलाई अझ तीव्रता दिनेछौं।”

    कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिकृष्ण गौतम, क्याम्पस प्रमुख तिव्र गौतम, प्राध्यापकहरू, विद्यार्थी नेताहरू तथा नवप्रवेशी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्ववियु सदस्य भावना बस्नेत ले स्वागत मन्तव्य व्यक्त गरिन् भने कार्यक्रम सञ्चालन अनुपा बिक ले गरेकी थिइन्।

    कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई क्याम्पससँग आत्मीय रूपमा जोड्ने, सहकार्यको वातावरण सिर्जना गर्ने र शैक्षिक यात्रामा आत्मविश्वास थप्ने विश्वास गरिएको छ।



    nayapana nayapana    
  • ६ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP