logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘सगरमाथा संवाद’ सुरु

    • nayapana nayapana
    • ३ जेष्ठ २०८२ शुक्रबार
    ‘सगरमाथा संवाद’ सुरु

    काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ ।

    ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारा सहित आजबाट सुरु भएको कार्यक्रम यही जेठ ४ गतेसम्म हुनेछ ।

    सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी छन् । चीन, भारतलगायत मुलुकका उच्च तहका व्यक्तिहरू नेपाल आइसकेका छन् ।

    संवादमा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।



    nayapana nayapana    
  • ३ जेष्ठ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP